भ्रष्टाचारलाई यसका ट्रयाकहरूमा रोक्ने पाँचवटा तरिकाहरू

By H. Lorraine Wang (王惠慧), Richeline Mascarinas

महामारीको अवधिमा, परियोजनाहरूमा हुने भ्रष्टाचार गरीब र कमजोरको लागि जीवन र मृत्य बीचको भिन्नता हुन सक्छ ।

कोषहरूको द्रुत अन्तर्वाह र छिटो प्रतिक्रिया जनाउनु पर्ने चापको कारणले सत्यनिष्ठा जोखिमहरू संकटको समयमा उच्च भएको छ ।  भ्रष्टाचारको जोखिममा रहेका प्रणालीहरू आपतकालीन अवस्थाहरूमा थप जोखिममा हुन्छन् र त्यहाँ शोषणको सम्भावना रहन्छ् । अत्यावश्यक र ठूलो मात्राको प्राप्तिको मागले अधिमूल्य, संदेहपूर्ण सम्झौताका प्रबन्ध र छलपूर्ण खर्चहरूको जोखिम बढाउँछ ।

भ्रष्टाचारलाई कम गरिएन भने यसले गरिब तथा अति जोखिममा रहेका लाभग्राहीहरुलाई अत्यावश्यक सहायताबाट वञ्चित गराउन सक्दछ ।  यसले विकासमा सक्रिय रूपमा सहभागी हुने नागरिकहरूलाई पनि निरूत्साहित गर्छ । तसर्थ, विकास संस्थाहरूले भ्रष्टाचारलाई हटाउन आफ्ना संस्थाहरू भित्र र साथै बाहिरका संस्थाहरूसँग सहकार्य गर्नुपर्छ र भ्रष्टाचार भएको कुरा पत्ता लाग्दा शुन्य सहनशीलता अपनाउनु पर्छ ।

विशेषगरी आपतकालीन अवस्थाहरूको अवधिमा विकास परियोजनाहरूमा हुने सत्यनिष्ठा जोखिमहरूलाइ कम गर्ने पाँच आधारभूत उपायहरू यस प्रकार छन् ।

१ - परियोजनाहरू पारदर्शी तथा निष्पक्ष  हुनुका साथै उचित जवाफदेहीता  तथा नियन्त्रण उपायहरू छन् भनी सुनिश्चित गर्नुहोस् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ । सत्यनिष्ठा कार्यालयहरू परियोजना अधिकारीहरूलाई परियोजनाहरूको विगतका सत्यनिष्ठा समीक्षाहरूका चित्र बनाउने पाठहरूसहित सत्यनिष्ठा जोखिमहरूलाई पहिचान गर्न र कम गर्नको लागि मद्दत गर्न गेट-गोबाट संलग्न हुनुपर्छ ।

आपतकालिन तथा स्वास्थ्य क्षेत्रका परियोजनाहरूमा पछिल्लो अग्रसक्रिय सत्यनिष्ठा समीक्षाहरूबाट प्राप्त गरिएका निरीक्षणहरूले सत्यनिष्ठा जोखिमहरूलाई पहिचान गर्न र ठगी तथा भ्रष्टाचारलाई कम गर्नको लागि उपायहरू अपनाउन कोभिड–१९ परियोजनाहरूको समीक्षामा सूचित गराउन सक्छ । यी समीक्षाहरू आपतकालिन परियोजनाहरूमा पनि संकटपूर्ण हुने तीन मूल सत्यनिष्ठा सिद्धान्तहरूद्वारा मार्गनिर्देशित गरिएका हुन् :

पारदर्शीता । परियोजनाहरूमा मुख्य निर्णय र उत्तरदायी पक्षहरूलाई सही तरिकाले कागजातीकरण गरिएको हुनुपर्छ । परियोजना लाभार्थी र अन्य सरोकारवालाहरुले समयमै उपलब्ध अनुदान, बोली लगाउने आवश्यकता तथा परिणाम र कोष प्रापकहरूसहित परियोजना कार्यान्वयन प्रबन्धहरूबारे मुख्य जानकारी प्राप्त गर्नुपर्छ ।

निष्पक्षता ।  निष्पक्ष प्रतिस्पर्धा, वस्तुनिष्ठ बोली लगाउने आवश्यकताहरू र निष्पक्ष मूल्याङ्कन महत्त्वपूर्ण हुन्छ । खरीद नीतिहरू निष्पक्ष ढङ्गले र निरन्तर रूपमा लागू गरिएको हुनुपर्छ । आपतकालीन अवस्थामा, लचकतासहित समयबद्ध खरीद नीतिहरूको अनुमति दिनुपर्छ तर स्पष्ट प्रबन्धहरू र विस्तृत कार्यप्रवाह उपलब्ध गराइएको हुनुपर्छ । उदाहरणको लागि, संयुक्त राष्ट्र संघका एजेन्सीहरूसहित स्थापित संस्थाहरूका आवश्यकतालाई पूरा गरेको पूर्व-स्वीकृत आपूर्तिकर्ताहरूलाई  प्रोत्साहित गरिन्छ र खरीद मार्गनिर्देशनको प्रस्ताव गर्न सकिन्छ ।

जवाफदेहीता तथा नियन्त्रण । पर्याप्त परियोजना निरीक्षणमा सहि कागजात, निगरानी र खर्चहरू प्रमाणित गर्ने कुराहरू समावेश हुन्छन् ।  कमजोर खरीद भएको वा सीमित अनुभव भएका कार्यान्वयन गर्ने एजेन्सीहरूलाई  सहायता गरिनुपर्छ । नगदको रसिदहरू राख्न र गतिविधिलाई ट्रयाक गर्न अनिवार्य हुन्छ । कोष वितरण मार्गनिर्देशनहरू र आधारभूत वित्तिय व्यवस्थापन म्यानुअल विकास गरिएको हुनुपर्छ ।  रेकर्डहरू र परियोजना आउटपुटहरूका नियमित निरीक्षणले ठगी निर्धारण गर्न सकिन्छ ।

हामीले महत्त्वपूर्ण विकास प्रयोजनहरूलाई महामारी र त्यसपछिको समयमा भ्रष्टाचार रहित राख्ने आशा गर्दछौं भने, हामीले हाम्रो भूमिका निर्वाह गर्नुपर्छ र सत्यनिष्ठा विजेताहरूको समुदाय निर्माण गर्नुपर्छ ।

२ - परियोजनाको सत्यनिष्ठा त्याग नगरिकन उचित तत्परतालाई शीघ्र अगाडि बढाउनुहोस् । पृष्ठभूमि जाँचहरूले सामान्यतया परियोजना कार्यान्वयनको समयमा बढाउने हुँदा उचित तत्परता आपतकालीन अवस्थाहरूमा संकटमा पर्न सक्छ । फास्ट-ट्र्याक गरिएका परियोजनाहरूको उचित तत्परताका आवश्यकताहरू प्रभावकारी रहन्छन् भनी सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ ।  त्यसको सट्टामा, सत्यनिष्ठा कार्यालयहरूले प्रक्रियालाई अगाडि बढाउन परियोजना अधिकारीहरूलाई समर्थन गर्नुपर्छ ।

३ - भ्रष्टाचारविरूद्ध करार प्रावधानहरूलाई बलियो बनाउनुहोस् । परियोजना कार्यान्वयन प्रबन्ध र आउटपुटहरू डेलिभर गरिनुपर्ने कार्य, वस्तु तथा सेवाहरूको लागि मापदण्डहरू व्यवस्थित गर्न सम्झौताहरूमा स्पष्ट रूपमा परिभाषित गरिएको हुनुपर्छ । तथापि सत्यनिष्ठाका आवश्यकताहरूलाई सजिलै नजरअन्दाज गरिन्छ ।  करार र अन्य सम्झौताहरूमा जवाफदेहीता सुनिश्चित गर्न र उनीहरूद्वारा उत्पन्न हुने ठगी र भ्रष्टाचारका आरोपहरूलाई अनुसन्धान गर्ने र उपयुक्त प्रतिकारक कार्यवाहीहरू लागू गर्ने विकास संस्थाहरूका अधिकारहरूलाई दर्शाउन भ्रष्टाचार विरूद्धका नीति आवश्यकताहरू समावेश गरिएको हुनुपर्छ ।

४ - उजुरीका प्रक्रियाहरूलाई खुला राख्नुहोस् र उचित भए अनुसार अनुसन्धानहरूको अनुसरण गर्नुहोस् । सरोकारवालाहरुलाई ठगी र भ्रष्टाचारको उजुरी गर्न उचित उजुरीको प्रक्रिया उपलब्ध गराइएको हुनपर्छ । प्रविधिको प्रयोगले उजुरीहरूको मूल्याङ्कनको र संकटका अवस्थामा अनुसन्धानहरूको निरन्तरतालाई सुनिश्चित गर्न विकास संस्थाहरूलाई मद्दत गर्न सक्छ । सत्यनिष्ठाका उल्लङ्घनहरूबारे उजुरीहरूकोसम्पर्क गर्ने लाइनहरु खुला रहनुपर्छ र अनुसन्धानको आवश्यकता दर्शाउने कुनै पनि उजुरीलाई गम्भीर रुपमा लिनुपर्दछ ।

५ - सहकर्मीहरू र नागरिकहरूलाई सतर्क रहन र संदिग्ध ठगी र भ्रष्टाचारको रिपोर्ट गर्न प्रोत्साहन गर्नुहोस् । सत्यनिष्ठामा संस्थागत प्रतिबद्धताबारे निरन्तर सम्झाउनीहरू महत्त्वपूर्ण हुँदा, कर्मचारीलाई ठोस सहायता, मार्गदर्शन र प्रोत्साहन आवश्यक पर्छ ।  उदाहरणको लागि, कर्मचारी सदस्यहरूले वेबिनारहरू र इ-अध्ययन पाठ्यक्रमहरूबाट परिचालन प्राथमिकता र विश्वासघात नियन्त्रणहरू बीच उचित सन्तुलन फेला पार्छन् ।

नागरिक सहभागिताको प्रोत्साहन गर्नुपर्छ । सर्वसाधारणलाई सतर्क रहने बारे जानकारी उपलब्ध गराइएको हुनुपर्छ । उदाहरणको लागि, विकासशील सदस्य राष्ट्रहरूलाई मद्दत गर्न निर्दिष्ट गरिएका कोभिड–१९ नीति उपाय र कोष स्रोतहरू हाम्रो नयाँ सार्वजनिक डाटाबेस मा साझा गरिएको छ । परियोजना कागजातहरू हाम्रो सार्वजनिक सञ्चार नीति अनुसार प्रकाशन भइरहेका छन् ।

हामीले महत्त्वपूर्ण विकास प्रयोजनहरूलाई महामारी र त्यसपछिको समयमा भ्रष्टाचार रहित राख्ने आशा गर्दछौं भने, हामीले हाम्रो भूमिका निर्वाह गर्नुपर्छ र सत्यनिष्ठा विजेताहरूको समुदाय निर्माण गर्नुपर्छ । हामीले उक्त कार्य गर्दैनौं भने, गरीबले दु:ख पाउनेछन् ।

यो संकटको समयमा, भ्रष्टाचारको कारणले अति जोखिममा रहेकाहरुलाई सहायताबाट वञ्चित गरिन्छ भने, यो उनीहरूको लागि जीवन र मृत्यु बीचको भिन्नता हुनसक्छ ।